श्रीलंकासँगको पहिलो टि–२० क्रिकेटमा भारत २ रनले विजयी

 पुष २०, २०७९ बुधबार ६:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टी–२० क्रिकेटमा २ रनले विजयी भएको छ । योसँगै तीन खेलको टि–२० श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

वान्खडे मैदानमा गएराति भएको खेलमा भारतले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा १ सय ६० रनमा समेटियो । श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन तथा कुशल मेन्डिसले २८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । भारतका शिवम माभीले ४ विकेट लिए । त्यस्तै उम्रन मलिक र हर्सल पटेलले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । भारतका दिपक हुडा ४१ तथा अक्षर पटेल ३१ रनमा अविजित रहे । त्यस्तै इशान किशनले ३७ रन बनाए ।

श्रीलंकाका दिल्शान मधुशंका, महेश तिक्षणा, चमिका करुणारत्ने, धनन्जय डा शिल्भा र वानिन्दु हसरंगाले समान एक/एक विकेट लिए । दुई देशबिचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया