एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – गृह मन्त्रालयले नेपाल टि–२० क्रिकेट लिगका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
लिग विवादमा परेपछि मन्त्रालयले हिजो एक विज्ञप्ति निकालेर म्याच फिक्सिङ तथा आयोजक सम्पर्क बाहिर रहेको र खेलाडीको पारिश्रमिकमा अनियमिता भएकोबारे आवश्यक छानबिन गर्न भनेको हो ।
‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले यस विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जे–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु/गराउनु हुन उपप्रधानमन्त्री तथा गृहमन्त्रीको निर्देशानुसार अनुरोध छ', मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गएको पुस ९ गतेदेखि कीर्तिपुर मैदानमा लिग सुरु भएको हो । प्राप्त निर्देशनको आधारमा अनुसन्धान सुरु गरिसकेको प्रहरीको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।