एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते बेलुकी ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । यो प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । यस्तै नेकपा माओवादी केन्द्र को ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको सात, नेकपा एकीकृत समाजवादीको चार, राप्रपा एक र स्वतन्त्र एक प्रदेश सभा सदस्य छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेश सभा सभामुखको चुनाव पुस २८ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले कार्यतालिका सार्वजनिक गर्दै पुस २८ गते सभामुखको चुनाव गर्ने जानकारी गराएको हो ।
प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा गएकाे आइतवार बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुखको चुनाव गर्ने निर्णय गरेको भए पनि प्रदेश सभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको चुनाव गर्ने जनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।