बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डाैमा सञ्चालन भइरहेकाे नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा फिक्सिङ/स्पट फिक्सिङ भएकाे भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
आज बुधवार प्रेस विज्ञप्ति निकालेर क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएकाे यस्ता गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै म्याच फिक्सिङकाे बारेमा जानकारी भएमा प्रमाणसहित बुझाउन भनेकाे छ । यसबारेमा क्यानकाे केन्द्रीय कार्यालय वा अहिले चलिरहेकाे नेपाल टी–२० लिगकाे एन्टी करपशन युनिटमा उजुरी बुझाउन विज्ञप्तिमा भनिएकाे छ ।
यसैबीच गृह मन्त्रालयले नेपाल टी–२० क्रिकेट लिगका बारेमा सत्य/तथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । लिग विवादमा परेपछि मन्त्रालयले हिजो मङ्गलवार एक विज्ञप्ति निकालेर म्याच फिक्सिङ तथा आयोजक सम्पर्कबाहिर रहेको र खेलाडीको पारिश्रमिकमा अनियमिता भएकोबारे आवश्यक छानबिन गर्न भनेको हो ।
यस्ताे छ विज्ञप्ति–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।