नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली सङ्घ (ईयू)ले सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यसको उद्देश्य आफ्नो रणनीतिक साझेदारी सहकार्यलाई अझ थप विस्तार गर्ने र सामूहिक युरोपेली रक्षालाई सुदृढ पार्ने रहेको उल्लेख छ ।
ब्रसेल्समा सैन्य गठबन्धनको मुख्यालयमा हस्ताक्षरपछि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले संयुक्त घोषणापत्र पहिलेको भन्दा निक्कै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ । घोषणापत्रमा युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले हस्ताक्षर गर्नुभएको छ ।
युरोपेली आयोगका अध्यक्ष भोन डेर लेयनले युक्रेनको द्वन्द्वले युरोपको सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । साथै उहाँले ईयूले बेलारुसमाथि नयाँ प्रतिबन्ध लगाउने र रुसलाई समर्थन गर्ने देशहरूमा थप उपायहरू विस्तार गर्ने चेतावनी समेत दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।