नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
सङ्घीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण आज बुधवार अमेरिकाभरका उडानहरू ठप्प भएका छन् ।
अमेरिकी फ्लाइट ट्र्याकिङ वेबसाइट (फ्लाइटअवेयर) का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजारभन्दा बढी उडानहरू ढिलो भएका हुन् । संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी झन्डै एक सयभन्दा बढी उडान रद्द भएका छन् ।
ढिलाइ भएका धेरैजसो उडानहरू पूर्वी क्षेत्रमा केन्द्रित भए पनि पछि उनीहरू पश्चिमतर्फ लागेका फ्लाइटअवेयरले जनाएको छ । अमेरिकी वायु सेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् ।
एफएएले आफ्नो 'नोटिस टु एयर मिसन सिस्टम' लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ ।
एफएएले भनेको छ, ‘हामी अन्तिम प्रमाणीकरणका लागि परीक्षण गरिरहेका छौँ र सिस्टमलाई 'रिफ्रेस' तथा 'रिलोड' गरिरहेका छौँ । राष्ट्रिय वायु सेवा प्रणाली एक्कासी प्रभावित हुन पुगेको छ ।’
एफएएले केही लाइनले काम गर्न थालेका जनाएको छ । तर राष्ट्रिय हवाई क्षेत्र प्रणाली सञ्चालन सीमित भएको छ ।
यातायात मन्त्री पीट बटिजिगले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु ।
युनाइटेड एअरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायीरूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ ।
एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।