बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताउनुभएको छ । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित 'नेपालमा भ्रष्टाचार : कारण र निवारण' पुस्तकको विमोचन कार्यक्रममा उहाँले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताउनुभयो ।
‘प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचारविरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ’, उहाँले भन्नुभयो, ‘यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।’ एउटा नेता र प्रधानमन्त्रीले चाहेरमात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै अध्यक्ष नेपालले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषणमात्र बनाउन नहुनेमा जोड दिँदै उहाँले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताउनुभयो । लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उहाँको भनाइ थियो ।
कुल आठ परिच्छेदको यो पुस्तकमा भ्रष्टाचारको परिचय, मात्रा, यसको सैद्धान्तिक र व्यावहारिक कारण, दुष्प्रभाव, नियन्त्रणका प्रयास, सकारात्मक अभ्यास र समस्याको समाधानलगायत विषयलाई समेटिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।