नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्ड दिएको छ । बेलायतका लागि जासुस गरेको आरोपमा सन् २०१९ मा पक्राउ परेका अक्बरीलाई मृत्युदण्ड दिएको बीबीसीले जनाएको छ ।
अक्बरीसँग बेलयात र इरानको दोहोरो नागरिकता रहेको थियो । अक्बरीले दोहोरो नागरिकता भए पनि जासुसी गरेको आरोप भने अस्वीकार गर्दै आउनुभएको थियो । बेलायतले अक्बरीको मृत्युदण्डलाई स्थगित गरेर तत्कालै रिहा गर्न माग गर्दै आएको थियो ।
यस्तै अमेरिकाले पनि अक्बरीलाई मृत्युदण्ड नदिन इरानलाई दवाब दिएको थियो । इरानले पछिल्लो केही वर्षयता दोहोरो नागरिकता भएका वा विदेशी स्थायी आवासीय प्रमाणपत्र रहेका कैयौं व्यक्तिहरूलाई गुप्तचरी र राष्ट्रिय सुरक्षा सम्बन्धी अभियोगमा पक्राउ गरेको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।