नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
भारतमा अर्बपतिहरूको सङ्ख्या बढ्दै गएको छ । तीन वर्षअघि अर्थात् सन् २०२० मा भारतमा एक सय दुई जना अर्बपति रहेकामा सन् २०२१ मा एक सय ४२ र सन् २०२२ मा एक सय ६६ जना पुगेका छन् ।
भारतका एक प्रतिशत धनी मानिससँग देशको कुल सम्पत्तिको ४० प्रतिशत सम्पत्ति रहेको छ । जबकि आधा जनसङ्ख्यासँग देशको सम्पत्तिको जम्मा तीन प्रतिशतमात्रै रहेको छ । अक्सफाम इन्डियाको 'सर्भाइभल अफ द रिचेस्ट' प्रतिवेदनका अनुसार सन् २०२२ मा देशका एक सय जना धनी व्यक्तिसँग ५४ दशमलव १२ लाख करोड भारु सम्पत्ति छ भने १० जना धनी व्यक्तिसँग मात्रै साढे २७ लाख करोड रुपैयाँको सम्पत्ति रहेको छ ।
भारतमा अर्बपतिको सङ्ख्या बढिरहँदा २२ करोड ८९ लाख जना मानिस भने गरिबीमा बाँचिरहेको प्रतिवेदनमा उल्लेख छ । विश्वमा सबैभन्दा धेरै गरिबी भारतमा छ । प्रतिवेदनमा प्रगतिशील कर प्रणाली नअपनाएमा असमानता थपिने उल्लेख छ ।
अक्सफामका अनुसार भारतमा करका दरहरू आम्दानीमा आधारित छ्न् तर अप्रत्यक्ष कर सबैका लागि समान हुँदा धनी झन् धेरै धनी बन्दै गएका र गरिब झन् धेरै गरिब बन्दै गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।