नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – १५ जनवरी २०२३ मा यति एअरलाइन्सको नाइनएन–एएनसी कलसाइन भएको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भयो। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना चढेको विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु थिए। विदेशी यात्रुमध्ये पाँच जना भारतीय थिए। तीमध्ये एक सोनु जैसवालले विमान भित्रैबाट खिचेको र फेसबुकमा लाइभ गरेको दाबी गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हामीले त्यही भिडियोको तथ्य जाँच गर्दैछौँ।
के छ भाइरल भिडियोमा ?
तारा सी नेगएक्स नामको फेसबुक प्रोफाइलबाट शेयर भएको यो भिडियो एक मिनेट ३८ सेकेन्ड लामो छ।
भिडियोको सुरुमा जुत्ता देखिन्छ। त्यसपछि विमानको सिटको अघिल्तिर रहेको ट्रेमा रहेको एनआईसी एसियाको विज्ञापन देखिन्छ जसमा राजेश हमाल र मनीषा कोइराला देखिन्छन्।
भिडियोले एक यात्रुको अनुहारलाई खिचेपछि विमानको झ्यालबाहिरको दृश्य खिच्न थाल्छ। यात्रुहरूले बोलेको आवाज पनि सुनिन्छ। भिडियोको २७ औँ सेकेन्डमा एक यात्रुले 'वाह बेटा वाह मौज कर दी' भनेको सुनिन्छ। ५७ सेकेन्डमा भिडियो हल्लिन्छ। यात्रुहरू कराएको सुनिन्छ। एक मिनेट सात सेकेन्डमा त आगो लागेको समेत भिडियोमा देखिन्छ। एक मिनेट १९ सेकेन्डमा रुखजस्तो केही दृश्य भिडियोमा देखिन्छ। त्यसपछि फेरि क्यामेरा हल्लिन्छ र धमिलो दृश्य एक मिनेट ३९ सेकेन्डसम्म देखिएपछि बन्द हुन्छ।
के हो तथ्य ?
भिडियो दुर्घटना भएलगत्तै नभई धेरै घण्टापछि आइतवार बेलुकीदेखि बल्ल भाइरल हुन थालेको हो। केही भारतीय फेसबुक प्रोफाइल, पेज हुँदै भारतीय मिडियामा यो भिडियो प्रसारण हुन थाल्यो। त्यसपछि नेपाली फेसबुक पेज र प्रोफाइलहरूमा पनि यो भिडियो देखिन थाल्यो।
हामीले भिडियोको तथ्य जाँच गर्ने क्रममा भिडियोका दृश्यलाई ध्यानपूर्वक हेर्यौँ।
भिडियोको ५० औँ सेकेन्डमा देखिएको सिट पछाडिको लोगो यति एअरलाइन्सको लोगो हो।
भिडियोको सुरुमा सिट अगाडिको ट्रेमा टाँसिएको विज्ञापनमा राजेश हमाल र मनीषा कोइराला देखिन्छिन्। यो एनआइसी एसियाको बचत खाताको विज्ञापन हो। फेसबुकमा हेर्न सकिन्छ।
विमानको झ्यालबाट खिचिएको भिडियोमा देखिएका दृश्यलाई हामीले पोखरामा ल्यान्डिङ गर्दा देखिने अरू भिडियोसित तुलना गर्यौँ।
भिडियोको २० औँ सेकेन्डमा देखिएको छ यो दृश्य-
हामीले फेसबुकमा पोखरा अवतरणका अरू भिडियो खोज्यौँ। ३१ अगस्त २०१९ मा अच्युत सापकोटाले फेसबुकमा अपलोड गरेको यो भिडियोको ३५ औँ सेकेन्डमा पनि हामीले त्यही दृश्य देख्यौँ-
गुगल म्यापमा खोज्दा पनि हामीले त्यही ठाउँ पोखरामा भेट्यौँ। गुगलका अनुसार पोखरीजस्तो देखिएको ठाउँ माछापोखरी हो भने जङ्गलको बीचमा देखिएको ठाउँ भद्रकाली मन्दिर हो।
यात्रुले खिचेर लाइभ गरेको हो भिडियो?
भाइरल पोस्टहरूमा यो भिडियो भारतीय यात्रु सोनु जैसवालले खिचेको दाबी गरिएको छ। हामीले नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त विदेशी यात्रुहरूको सूची हेर्दा पाँच जना भारतीय मध्ये सोनु जैसवाल पनि रहेको भेट्यौँ।
तर हामीले सोनु जैसवाल नामबाट फेसबुकमा सर्च गर्दा उनले गरेको लाइभ भिडियो भेट्न सकेनौँ।
यद्यपि, भारतीय मिडिया फर्स्ट इन्डियाले भने सोनु जैसवालकै प्रोफाइलबाट पब्लिस भएको भिडियो आफ्नो फेसबुक पेजमा राखेको देखिन्छ।
त्यस भिडियोमा देखिएअनुसार सोनु जैसवालले यो भिडियो पब्लिक गरेको नभई 'फ्रेन्ड्स वन्ली' गरेका थिए। अर्थात् सोनुका फेसबुकमा रहेका साथीहरूले मात्र त्याे भिडियो हेर्न पाउँछन्।
हामीले भारतीय तथ्य जाँचकर्ता अनमोल अल्फोन्सोको सहयोगबाट सोनु जैसवालको फेसबुक प्रोफाइल पनि भेट्टायौँ। तर उनले आफ्नो प्रोफाइल लक गरेको हुनाले हामीले त्यसमा रहेका कुनै पनि सामग्री हेर्न भने पाएनौँ। यद्यपि भिडियोमा देखिएको सोनु जैसवालको प्रोफाइल पिक्चर यो प्रोफाइल पिक्चरसँग मेल खान्छ।
भारतीय पर्यटकहरूई नेपालमा हवाई टिकट लगायतको व्यवस्था गरेका काठमाण्डाै निवासी अजय साहसित पनि हामीले कुरा गर्यौँ। उनले पनि सोनुको फेसबुक पेज यही रहेको र उनले फेसबुकबाट भिडियो लाइभ गरेको पुष्टि गरे। तर उनले आफूलाई पनि फेसबुकमा सोनुले साथी बनाइनसकेकोले भिडियो हेर्न नसकेको बताए।
अजयले पठाएको फोटो-
हामीले केही भारतीय मिडिया पनि हेर्यौँ। डेक्कन हेराल्डले भारतीय समाचार एजेन्सी आईएएनएसको एउटा समाचार राखेको छ जसमा सोनुका आफन्त रजत जैसवालले भिडियो फेसबुकमा लाइभ भएको पुष्टि गरेका छन्। ‘सोनुले फेसबुकमा लाइभ गरिरहेका थिए। सोनु र उनका साथीहरू खुसीको मूडमा थिए। तर अकस्मात् आगो दन्कियो र स्ट्रिमिङ रोकियो’, उनले भनेका छन्।
तथ्य जाँच
दाबी : दुर्घटनाग्रस्त यति एअरलाइन्सका यात्रुले विमानभित्रैबाट दुर्घटना हुँदाको भिडियो फेसबुकमा लाइभ गरे।
दाबीकर्ता : विभिन्न सोसल मिडिया प्रयोगकर्ता र मिडिया।
तथ्य : सही सूचना। हामीले सोनु जैसवालले लाइभ स्ट्रिमिङ गरेको भिडियो फेला पार्न नसके पनि त्यो उनले प्रोफाइल लक गरेका कारण भएको मान्यौँ। यद्यपि हामीले सोनुकै प्रोफाइलबाट भिडियो पब्लिस भएको देखेका छौँ। उनका आफन्तले समेत भारतीय मिडियामा उनले फेसबुकमा लाइभ गरेको पुष्टि गरेका छन्। हामीले भिडियोमा देखिएको दृश्य पोखराकै भएको पुष्टि गरेका छौँ। तसर्थ यो सही सूचना ठहरिन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
‘नेपाल: तथ्यजाँच’ गैरनाफामुखी सेन्टर फर मिडिया रिसर्च – नेपाल (सीएमआर-नेपाल) र नेपाली भाषाको पहिलो ब्लग माइसंसार डटकमको संयुक्त प्रयास हो। यसले नेपाली सञ्चारमाध्यममा आएका र सोसल मिडियामा भाइरल भएका सामग्रीहरूको तथ्यजाँच गर्छ।
Mitra sunar
Jan. 17, 2023, 3:54 a.m.मलाई लाग्छ यो घटनामा भारतीय नागरिकहरूको हात छ जस्तो लाग्छ।किनकि भारतले नेपालमा केही राम्रो गरेको देख्न चाहन्न फेरि पोखरामा अन्तर्राष्ट्रिय यरपोर्ट बनेपछि भारत असन्तुष्ट छ। सत्यतथ्य छानबिन होस् लाइभ गर्नुको केहि न केही रहस्य पक्कै छ।🤔😢