सूचना प्रविधिमा नागरिककाे सहज पहुँच पुर्‍याउनु मेराे प्राथमिकता : मन्त्री शर्मा

 माघ ३, २०७९ मंगलबार १५:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई नागरिककाे सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा नागरिककाे सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले सार्वजनिक सङ्घ–संस्थानहरूलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताउनुभयो । सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘सूचना, सञ्चार र प्रविधिमा नागरिककाे सहज पहुँच पुर्‍याउने कुरा पहिलाे प्राथमिकता । हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक सङ्घ–संस्थानमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ ।’

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना, प्रविधि सहज र सुलभ ढङ्गले पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै काम प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गर्नुभयो । सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया