न्युजिल्याण्डमा क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने

 माघ ७, २०७९ शनिबार १०:४२:१५ | एजेन्सी
unn.prixa.net

क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ ।

लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जसिन्डा आर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ । सन् २००८ मा पहिलो पटक सांसद चुनिएका उहाँ नोभेम्बर २०२० मा कोभिड–१९ विशेष मन्त्री बन्नुभएको थियो ।

हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री हुनुहुन्छ । प्रधानमन्त्री आर्डर्नले आउँदो फेब्रुअरी ७ तारिखमा पद छोड्ने घोषणा गरिसक्नुभएको छ । प्रधानमन्त्री बन्नुअघि हिपकिन्सलाई प्रतिनिधि सभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्नेछ ।

यदि हिपकिन्सले समर्थन पाएमा आर्डर्नले फेब्रुअरी ७ मा गभर्नर जनरललाई राजीनामा बुझाउनुहुनेछ । त्यसपछि हिपकिन्स नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुहुनेछ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएपछि आर्डर्न विश्वकै कान्छी महिला सरकार प्रमुख समेत बन्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया