सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी, ऊर्जा सङ्कट मुख्य कारण

 माघ ८, २०७९ आइतबार ६:५७:० | एजेन्सी
unn.prixa.net

सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी देखिएको छ ।

श्रीलङ्काले गएको वर्ष रबरजन्य पदार्थ निर्यात गरी तीन खर्ब २७ अर्ब श्रीलङ्काली रूपैयाँ अर्थात् ९० करोड अमेरिकी डलर आम्दानी गरेको रबर विकास विभागले जनाएको छ । विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताउनुभएको छ ।

उर्जा सङ्कटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि रबर निर्यातमा केही कमी आएको उहाँको भनाइ छ । श्रीलङ्काले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर तीन अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ ।

श्रीलङ्काको तयारी रबरका लागि प्रमुख बजार अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलङ्काबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् । श्रीलङ्का विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो  । सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्याङ्कले देखाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।   

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया