नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ र कुनै सीप सिक्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई निःशुल्क सीप सिकाउँदै आएको छ । तपाईं पनि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सीपमूलक तालिम लिएर दक्ष जनशक्तिको रुपमा वैदेशिक रोजगारीमा जान सक्नुहुन्छ । आफूसँग सीप भएपछि वैदेशिक राजगारी थप सुरक्षित हुन्छ । काम र कमाइ पनि राम्रो हुन्छ ।
बोर्डले यो आर्थिक वर्षको लागि विभिन्न १७ वटा विषयमा एक सय ६० घण्टे तालिम दिन लागेको हो । बोर्डका अनुसार १८ वर्ष उमेर कटेका नेपाली नागरिकले तालिम लिन सक्छन् । तालिम लिन इच्छुक व्यक्ति वैदेशिक रोजगारीमा जाने हुनुपर्ने बोर्डकी सूचना अधिकारी मैयाँ कडेल बताउनुहुन्छ ।
‘याे तालिम वैदेशिक रोजगारीमा जानेहरुको लागि भनेर प्रदान गर्न लागिएको हो, यो निःशुल्क तालिम लिन साथमा पासपोर्ट हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘कसैको पासपोर्ट बन्ने प्रक्रियामा पनि हुनसक्छ, त्यस्तो अवस्थामा केही न केही प्रमाण वा सिफारिस आवश्यक पर्छ ।’
सहायक एल्युमिनियम फैब्रिकेटर, सहायक स्काफफोल्डिङ, टाइल मार्बल फिक्स्चर, वेल्डर, इलेक्ट्रिसियन, गार्मेन्ट मेसिन अपरेटरमध्ये आफूलाई मन पर्ने तालिम लिन सक्नुहुन्छ । यस्तै, फ्रन्ट अफिस सहायक, हाउसकिपिङ, हाउस पेन्टर, फर्निचर मेकर, किचेन हेल्पर, मेसन, शटरिङ कार्पेन्ट्री, स्टील फिक्सर र वेटरको तालिम पनि लिन सक्नुहुन्छ ।
इलाम, तेह्रथुम, झापा, महोत्तरी, सिराहा, स्याङ्जा, बाग्लुङ, पाल्पा, पोखरा, नुवाकोट, काभ्रेपलाञ्चोक, पोखरा, चितवन, गुल्मी, रुकुम, जाजरकोट, बाँके, दाङ, डोटी र कञ्चनपुरमा तालिम प्रदान गरिन लागेको हो । यी जिल्लामा रहेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा आबद्ध शिक्षालयबाट यी तालिम सञ्चालन हुनेछन् । आफूलाई अनुकुल हुने र आफूले सिक्न चाहेको तालिम लिनको लागि तालिम प्रदायक शिक्षालयमा सम्पर्क गर्न पनि बोर्डले आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Khim bahadur khatri
Feb. 6, 2023, 9:33 p.m.म इलेक्टि्कल तालीम लिन चाहान्छु बुटवल बस्छु
Mukunda Dhakal
Jan. 23, 2023, 8:59 p.m.म सेक्युरिटी तालीम लिन चाहन्छु के यो तालिम उपलब्ध छ?
Pemba Tamang
Feb. 2, 2023, 2:48 p.m.सबै हेर्नुहोस्