उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाण्डौ टोखा नगरपालिका–२ निवासी वर्ष ३५ का मधु क्षेत्री बिहीवार आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनु भएको छ ।
मृतक क्षेत्री रेसुंगा नगरपालिका २ अन्र्तगत छापटोलामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । क्षेत्रीलाई साथीहरुले पटक पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि कोठामा गएर हेरेका थिए ।
पछि प्रहरीले कोठामा गएर हेर्दा भित्रबाट चुकुल लगाएर सुतिरहेको अवस्थामा निजको शव फेला परेको प्रहरी नायव उपरिक्षक खरेलले बताउनु भयो ।
स्थानीय जनप्रतिनिधि र आफन्तको रोहवरमा प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ । मृतक क्षेत्री रोजगारीको सिलसिलामा गएको तीन वर्षदेखि तम्घासमा बस्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।