नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको समस्या सुन्ने कल सेन्टरको नाम परिवर्तन गरी श्रमाधान राखेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै कल सेन्टरको नाम परिवर्तन गर्दै श्रमाधान राख्नुभएको हो ।
मन्त्री अर्यालले श्रमाधानमार्फत श्रमिकको समस्या सुन्ने र प्रभावकारीरूपमा समाधान गर्ने संयन्त्रको विकास गर्दै कल सेन्टरको नाम परिवर्तन गरेको बताउनुभयो । मङ्गलवारदेखि नै श्रमाधानमा २४ घण्टा नै फोन गरेर श्रमिकले आफ्ना समस्या राख्न सक्ने छन् । श्रमिकले राखेको समस्या समाधान गर्नका लागि छ महिनाभित्र टाइम कार्डसमेत लागू गर्ने मन्त्री अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘श्रमिकले राख्नुभएको समस्याको आधारमा समाधानमा कति समय लाग्ने भन्ने निर्धारण गरिन्छ र तोकिएको समयमा समस्या समाधान गर्न सकिएन भने के कारणले सकिएन भनेर कारण पनि दिइने छ ।’
यसका साथै मन्त्रालयले श्रमाधानको आफ्नो छुट्टै मोबाइल एपसमेत ल्याउने भएको छ । मोबाइल एपमार्फत नै श्रमिकले आफ्नो समस्या राख्न सक्नेछन् । मोबाइल एपबाट राखेको समस्या समाधानमा पनि टाइम कार्ड लागू हुने छ । श्रमाधानमा ११४१ वा ९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने ९८०१८०००१३ नम्बरमा भाइबर र इमोसमेत उपलब्ध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।