उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
गुल्मी – नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद्लाई राजनीतिक दलहरूको आरोप प्रत्यारोप र व्यङ्ग्य गर्ने थलो बनाउन नहुने बताउनुभएको छ । उहाँले दलहरू राजनीतिक दाउपेज र खिचातानीबाट माथि उठेर नागरिकका आधारभूत समस्या समाधान गर्न साझा ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मङ्गलवार मुसिकोट नगरपालिका १ अरेवाकाे जनज्योति माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवम् १२ कोठे विद्यालय भवनको उद्घाटन गर्दै विष्टले राजनीति नागरिककाे समृद्धिका लागि भएको भन्दै दलहरूले नागरिकका आधारभूत समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयाे । उहाँले नागरिकका गरिबी र बेराजगारीका समस्या न्यूनीकरणका लागि राजनीतिक दलहरूले एकले अर्कालाई आरोप लगाएरमात्रै उन्मुक्ति नहुने बताउनुभयाे । विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुने उहाँकाे भनाइ छ ।
आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ७० लाख, सङ्घीय ससर्त अनुदान ७५ लाख र आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय ससर्त अनुदान ६६ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख र विद्यालयको १६ लाख ५० हजार गरेर दुई करोड ४५ लाख ५० हजार रुपैयाँमा १२ कोठे भवन तथा सभा हल निर्माण गरिएको विद्यालयका प्रध्यानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिनुभयाे ।
कार्यक्रममा सचिव विष्टले विद्यालयको हिरक महोत्सवको अवसरमा सबैभन्दा बढी चन्दा प्रदान गर्ने व्यक्तिको शालिकको अनावरण तथा स्मृति कक्षको उद्घाटन गर्नुभएको थियो । मुसिकोट १ पौदी अरेवाका स्व. डालेश्वर भुसालको सम्झनामा विद्यालय प्राङ्गणमा शालिक निर्माण गरिएको हाे । भुसालको परिवारले विद्यालयका लागि १५ लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको थियो ।
त्यस्तै उमानन्द भुसालको नाममा स्मृति कक्ष निर्माण गरिएको छ । उहाँले विद्यालयलाई पाँच लाख एक रुपैयाँ सहयोग गर्नुभएकाे विद्यालय व्यावस्थापन समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।