उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
ताप्लेजुङ – ताप्लेजुङकाे पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका तीन विपन्न परिवारलाई घर बनाइदिएकाे छ ।
पाथीभरा १ नाङ्खोल्याङका मदनकुमार कामी, वडा नम्बर ५ चाक्सिबोटेका मनबहादुर राई र वडा नम्बर ३ तिरिङ्गेका बिर्खबहादुर लिम्बुका परिवारलाई घर निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले बताउनुभयो । यस्तै चाक्सिबोटेकै कमला सेनेहाङका लागि घर निर्माणको काम भइरहेकाे उहाँले जानकारी दिनुभयो ।
एक परिवारको घर निर्माणका लागि अवस्था र सामान ढुवानीलाई हेरेर २ देखि ४ लाख रुपैयाँसम्म खर्च भएको अध्यक्ष मेन्याङ्बोले बताउनुभयो । अर्थिक अवस्था अति नै कमजोर भएका अरू परिवारकाे पहिचान गरी बस्ने घरको व्यवस्था गरिने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।