पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलियो : राष्ट्रपति पुटिन

 फागुन १०, २०७९ बुधबार ६:४२:५० | एजेन्सी
unn.prixa.net

पश्चिमा देशको प्रतिबन्धका बाबजुद रुसको अर्थतन्त्र बलियो रहेको त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले अत्यावश्यक वस्तुलगायत रोजगारी र नागरिकको सुरक्षा सुनिश्चित गरेको दाबी समेत गर्नुभएको छ ।

पछिल्लो तथ्याङ्कले रूसको जीडीपी सन् २०२२ मा २ दशमलव १ प्रतिशतले घटेको छ । तर गएको वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २० देखि २५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ । राष्ट्रपति पुटिनले सङ्घीय सभालाई आफ्नो वार्षिक सम्बोधनका क्रममा प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैँलाई समस्यामा पारेको समेत टिप्पणी गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उहाँले भन्नुभएको छ “हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ ।” राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने पनि बताउनुभएको छ ।  
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया