नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
क्यालिफोर्नियाको एक अदालतले चर्चित हलिउड चलचित्र निर्माता हार्वी वाइन्स्टिनलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको छ।
बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा सुनुवाइ सुरु भएको झण्डै दुई महिनापछि फैसला गर्दै अदालतले वाइन्स्टिनलाई १६ वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । यसअघि सन् २०२० मा बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा समेत दोषी ठहरिएपछि वाइन्स्टिनले न्युयोर्कमा २३ वर्षको सजाय भोग्दैछन् ।
न्यायाधीशले वाइन्स्टिनलाई न्युयोर्कपछि लगातार लस एन्जलसको सजाय पूरा गर्न आदेश दिएका बीबीसीले जनाएको छ । वाइन्स्टिनको घटनासँगै विश्वभर 'मीटु मुभमेन्ट' को लहर सुरु भएको थियो । वाइन्स्टिनलाई दोषी ठहराइएको तीन वटै आरोप एक युरोपेली मोडलसँग सम्बन्धित छन् । जसले २०१३ मा एलए इटालिया फिल्म फेस्टिवलपछि मिस्टर सी होटलमा वाइन्स्टिनद्वारा बलात्कृत भएको बयान दिएकी थिइन् । वाइन्स्टिन एक समय अमेरिकी चलचित्र उद्योगका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक थिए ।
७१ वर्षका वाइन्स्टिनले बाँकी जीवन जेलमा बिताउनुपर्ने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।