नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दिल्ली सरकारका उपमुख्यमन्त्री एवम् शिक्षा मन्त्री मनीष सिसोदिया पक्राउ परेको विरोधमा आम आदमी पार्टीले भारतभर प्रदर्शन गरेको छ ।
सिसोदियालाई सन् २०२१ मा राज्य सरकारले बनाएको जाँड–रक्सी सम्बन्धी नीतिमा अनियमितता भएको आरोपमा केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले पक्राउ गरेको हो । सीबीआईले सिसोदियाले मदिरा व्यवसायीको पक्षमा नीति परिवर्तन गरेको आरोप लगाएको हो ।
सिसोदियाले आफूविरुद्ध झुटो आरोप लगाएको बताउनुभएको छ । आरोप प्रमाणित भएमा उपमुख्यमन्त्री सिसोदियासहित आरोपित व्यक्तिहरूलाई छ महिनादेखि आजीवन कैदसम्मको सजाय हुन सक्ने छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सबैभन्दा नजिकका विश्वासपात्र मानिएका सिसोदिया पक्राउ परेपछि सत्तारूढ भारतीय जनता पार्टी र आम आदमी पार्टीबबीच आरोपप्रत्यारोप चलिरहेको बीबीसी हिन्दीले जनाएको छ । मुख्यमन्त्री केजरीवालले सिसोदियाविरुद्ध कुनै प्रमाण नभए पनि सीबीआईले राजनीतिक दबाबमा आएर पक्राउ गरेको आरोप लगाउनुभएको छ ।
देशभरमा पार्टीको सङ्गठन विस्तारमा सिसोदियाले अघि सारेको दिल्ली मोडेलको शिक्षा नीतिको प्रचार हुने गरेको छ । सिसोदियाले दिल्ली सरकारका विभिन्न १८ वटा विभाग सम्हाल्दै आउनुभएको छ । विपक्षी दलहरूले सीबीआईलाई भाजपाले दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् ।
भारतीय सञ्चारमाध्यम क्विन्टका अनुसार सीबीआईले अनुसन्धान गरिरहेका एक सय २४ मुख्य नेतामध्ये एक सय १८ जना विपक्षी दलका रहेका छन् ।
तस्बिर : डीडीन्यूज
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।