नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना सेलाउन नपाउँदै धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।
धनुषाको औरही गाउँपालिका-२ का राम अशिष यादवकी १० वर्षकी छोरी मनिता कुमारी यादवकाे शुक्रबार राति बलात्कार पश्चत हत्या भएको बताइएकाे छ ।
बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिका मनिताको शव शनिबार दिउँसो घरबाट झण्डै १ किलोमिटर टाढा धान खेतमा फेला परेको हो । राति ९ बजे खाना खाएर मेला हेर्न गएकी बालिका बिहानसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्नुको साथै ईलाका प्रहरी कार्यालय औरहीमा समेत जानकारी गराएको थियो ।
बालिकाको शव शनिबार घरबाट एक किलोमिटर टाढा धानको खेतमा फेला परेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।
बालिकाको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार नै दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाँउपालिका-५, का ३२ वर्षका बिनोद मुखिया र औरही गाउँपालिका-३, पर्वाहाका ३० वर्षीय नथुनि पण्डित रहेकाे उपरीक्षक थपलियाले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवैजनालो आफूहरुले नै सामुहिक बलात्कार गरेर बालिकाको हत्या गरेको स्वीकारेको उपरीक्षक थपलियाकाे भनाई छ ।
पक्राउ परेको दुवैजनामाथि थप अनुसान्धान भइरहेको उपरीक्षक थपलियाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jay Dhami
Oct. 14, 2018, 6:53 a.m.नारीलाई लक्ष्मीको रूपमा पुज्ने हाम्रो देशमा नारी नै बलात्कार हुन्छन्, अनि हाम्रो देश कहाँबाट अगाडि पुग्छ ? अब त अति भो बलात्कारीलाई कडा भन्दा कडा सजाय दिनुपर्यो /
तुलक्षा शाहि
Oct. 14, 2018, 1:41 a.m.यसरी दिन प्रति दिन बलात्कार भइरहदा नि नेपाल प्रहरीले आँखा बन्द गरेको छ, त्यस्ता बलात्कारगर्ने लाइ नि मृत्यदन्ड सजाय दिनू पर्छ/
राज कुमार पुन
Oct. 14, 2018, 12:37 a.m.नेपालमा भैरहेको अथाह बलात्कार र हत्याको उन्मुलन / अन्त गर्नको लागि मदिरा बन्द गरौं / मुख्य जड भनेको जांड र रक्सी ले नै हो / ९५% द्वन्द निम्ताएको मदिरा बेचबिखन बन्द गर सरकार !
Lila Nath Pageni
Oct. 13, 2018, 10:16 p.m.तिनीहरु दुइटा कै लिङ्ग काटेर कुकुर लाई दिनुपर्यो सरकार ।
प्रेम नारायन सिह
Oct. 13, 2018, 10:09 p.m.यस्तो घटना सुन्दा हामीलाई एकदम नराम्रो लाग्छ, बलात्कार गर्नेलाई कडा भन्दा कडा सजायँ दिनुपर्छ , ताकी कसैले पनि नगरोस /
Ram
Oct. 13, 2018, 10:01 p.m.हत्यारालाई मृत्युदण्डको सजायँ दिनुपर्छ , अनि बल्ल मात्र भविष्यमा कसैले त्यस्तो काम गर्ने साहस गर्दैन /
Jay Kishor
Oct. 13, 2018, 9:26 p.m.Just kill these basterd rapists No one is secure
Mahabir oli from canada
Oct. 13, 2018, 9:08 p.m.बाम सरकारले के हेरेर बसेको छ , यदि सक्दैन बने छोडेर घरमा बसे हुन्छ , हामी जस्ता युवाहरुलाई चलाउन दिनुपर्छ र सांचिकै नेपाल संसार कै पहिलो देश हुन्छ /
Diwakar
Oct. 13, 2018, 9:06 p.m.होइन यो कन्चनपुरमा मात्र किन यस्ता घटनाहरु हुन्छन / अनि किन यहिँको प्रहरी प्रशासनले नियन्त्रण गर्न सक्दैनन ? अनि अर्को कुरा त्यहाँ किन परिवार आफ्नो बच्चाको ख्याल गर्दैनन /हरेक दिन हुने यस्ता घटनावाट अलि सचेत हुनपर्यो सबैजना /छोरीचेलीलाई एक्लै रातभर बस्न दिनु भएन / समाजमा कुकर्म गर्ने कुख्यात कुकुरहरुवाट बचाउ /