उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्डकाे यस्तो जवाफ आएको हो ।
मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ पालिकाले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पार्नुभयो । एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले आफू त्याे चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, मुस्ताङमा बाैद्ध विश्वविद्यालय खोल्ने भन्ने कुरा पनि आयो । त्यहाँ पालिकाबाट चाहिँ विश्वविद्यालय खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहीँ कतै स्वीकृति दिएको स्थिति होइन । तर जे भए पनि मुस्ताङको चर्चा यति धेरै किन गर्छन् । मैले अन्त जान खोजेको होइन । मैले कसैलाई अरोप र प्रत्यारोप गर्न खोजेको पनि होइन ।’
कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरू बढी जानकार रहेको आफूले सुनेको बताउनुभयो । उहाँले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढङ्गले उपयोग गर्न सके देशको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।