जसपाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने

 फागुन २५, २०७९ बिहीबार १७:४३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ । 

आज बिहीवार बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हाे ।

यादव मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा चुनावमा यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएकाे थियाे ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया