उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा भेटिएको छ । छ दिनअघि हाडहाडेको बर्दबासमा रहेकाे धाराखोलामा झन्डै एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयाे । गुफा भेटिएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घासलगायतका ठाउँबाट हेर्न जाने मानिसहरूको भिड बढ्दै गएको छ ।
दुम्सीको दुलो भनेर चिनिएको यस ठाउँमा मान्छे छिर्न सक्ने प्वाल रहेको थियो । गुफाभित्र शिवलिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारीजस्तो देखिने विभिन्न आकर्षक आकृतिहरू रहेको वडाध्यक्ष विष्टले बताउनुभयो ।
नयाँ गुफा फेला परेको जनाकारी पाएपछि अहिले मानिसहरू अवलोकनका लागि पुग्ने गरेका छन । पाँच दिनको अवधिमा आठ सय जनाभन्दा धेरैले गुफाको अवलोकन गरिसकेका वडाध्यक्ष विष्टले बताउनुभयो ।
मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि स्थानीयले यस ठाउँलाई साराको दुलोको नामले चिनाएका थिए । केही दिनअघि गफगाफको क्रममा स्थानीयले यस ठाउँमा प्वाल भएको चर्चा चलाएका थिए । सबै मिलेर छलफल गरेपछि गुफाभित्र पसेर हेर्ने निष्कर्षपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वालभित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । यस गुफाको चौडाइ र उचाई पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ ।
नयाँ फेला परेको गुफालाई स्थानीयले 'धनिश्वर मनोरम नागेश्वर गुफा' भनी नामाकरण गरेका छन् । गुफालाई संरक्षण गर्नका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठनसमेत गरिएको छ । हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा 'विचित्र गुफासहित' गुफाको सङ्ख्या दुई वटा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
padam nepali
March 10, 2023, 11:03 p.m.असाध्यै राम्रो काम खुसी लाग्यो येस्लाई सम्रछ्ण गरि पर्चार पर्सार गर्नु पर्छ र आन्तरिक र बाय प्रयटक भित्राउनु पर्छ तेस्तै अर्को गुफा र नजिकै बिचित्र गुफा पनि यी 2 ओटा गुफा धुर्कोट गाउपालिका भित्र पर्छ
Sagar thapa
March 10, 2023, 8:34 a.m.Ramro xa aajai ramri baunu parxa sir🙏