नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ । गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई कामबाट निकालेको फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ ।
मेटाले अहिले रिक्त रहेका पाँच हजार दरबन्दी पनि तत्काल पूर्ति नगर्ने बताएको छ । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ ।
प्रमुख कार्यकारी जुकरबर्गले अमेरिकामा बढेको ब्याजदर, विश्वव्यापी भूराजनीतिक अस्थिरतालगायतका कारणले मेटाको आम्दानी घटेको बताउनुभएको बीबीसीले जनाएको छ । कम्पनीको बिग्रँदो आर्थिक स्थिति अझै लामो समय रहने देखिएकोले आवश्यक तयारी थालेको उहाँको भनाइ छ ।
पछिल्लो समय अमेजन, गुगल, ट्विटरलगायतका प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।