उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
पर्वत – पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भिरबाट लडेर बाग्लुङकी एक किशोरीको ज्यान गएकाे छ । बाग्लुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलकाे छेउबाट भिरमा खसेकी बाग्लुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको ज्यान गएकाे हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवाबारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भिरमा खसेकी थिइन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भिरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूदन न्यौपानेले बताउनुभयो ।
न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा उनको ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।