रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन एमालेको माग

 चैत ५, २०७९ आइतबार १८:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले रासायनिक मलमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।

एमालेको कृषि तथा पशुपक्षी विभागले आज आइतवार विज्ञप्ति निकालेर विदेशीलाई खुसी पार्न सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । रासायनिक मलको अनुदान कटौती गर्ने र मूल्यवृद्धि गर्ने निर्णयले किसान मर्कामा पर्ने एमालेको भनाइ छ । रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीले भारतीय उत्पादनलाई प्रोत्साहन गर्ने एमालेको दाबी छ ।

यस्तै पार्टीको कृषि तथा पशुपक्षी विकास विभागले ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेकाे पत्रकार सम्मेलन बोल्दै महासचिव शंकर पोखरेलले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

गएकाे फागुन २६ गते मन्त्रिस्तरीय निर्णयबाट रासायनिक मलमा दिइएको अनुदान कटौती गरिएको थियो । त्यस्तै मन्त्रिस्तरीय निर्णयबाट रासायनिक मलको मूल्यवृद्धि गरिएको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया