रुपन्देहीका तीन वटा क्याम्पसमा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी

 चैत ६, २०७९ सोमबार ८:३२:३० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत रुपन्देहीका ६ वटामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्जनिक भएको छ । पाँच वटामध्ये तीन वटा क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घ र दुई वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार  निर्वाचित भएका छन् ।

यज्ञोदय क्याम्पस फर्साटिकरको सभापतिमा नेविसङ्घका महेश चौधरी, छपिया जनता कलेजकाे सभापतिमा अभिषेक कुमार यादव र शहीद नारायण पोखरेल रामापुर क्याम्पसकाे सभापतिमा मनोज बेल्वासे निर्वाचित भएका छन् ।

यस्तै, हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप सापकोटा र देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै अर्जुन गैरे सभापतिमा निर्वाचित भएका हुन् । 

 बुटवल बहुमुखी क्याम्पसमा भने मतगणना भइरहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया