पीकेमा नेविसङ्घ, नेपाल ल मा अखिल क्रान्तिकारी र महाराजगञ्जमा अनेरास्ववियुको जित

 चैत ६, २०७९ सोमबार ९:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रत्यक्षतर्फको नतिजा आउन थालेको छ ।

काठमाण्डौका ठूला क्याम्पसमध्ये केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, पद्मकन्या, पब्लिक युथ र थापाथली इञ्जिनियरिङ क्याम्पस नेविसङ्घ विजयी भएको छ । महेन्द्ररत्न क्याम्पस ताहाचल, पुल्चोक इञ्जिनियरिङ, महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज नर्सिङ क्याम्पस  र पिपल क्याम्पसमा अनेरास्ववियु तथा नेपाल ल क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्। 

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल निर्वाचित हुनुभएको छ।

नेविसङ्घबाट शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा सुशान्त बस्नेत, नेविसङ्घबाट पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा ज्योति पनेरु,  केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा श्यामराज ओझा, थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विक्रम शाही, पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नविन पाण्डे विजयी हुनुभएको छ । 

अनेरास्ववियुको तर्फबाट काठमाण्डौको महेन्द्ररत्न क्याम्प्स ताहाचलको स्ववियु सभापतिमा ईश्वर थापा, अनेरास्ववियुको तर्फबाट काठमाण्डौको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा विराज अर्याल र पिपुल क्याम्पसको स्ववियु सभापतिमा रञ्जित भण्डारी विजयी हुनुभएको छ ।

महाराजगञ्ज मेडिकल कलेज र महाराजगञ्ज नर्सिङ कलेजमा अनेरास्ववियुको पूरै प्यानल निर्वाचित भएको छ । मेडिकल कलेजको स्ववियु सभापतिमा आनन्दकुमार सिंह नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नोविना बस्नेत विजयी भएकी हुनुभएको हो ।

काठमाण्डौबाहिर अनेरास्ववियुले मकवानपुरको हेटौँडा क्याम्पस र निर्मल बहुमुखी क्याम्पस, झापाको कन्काई बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र चौमाला बहुमुखी क्याम्पस, सर्लाही क्याम्पसमा जित हासिल गरेको छ ।

यस्तै, कपिलवस्तुको बुद्ध भूमि क्याम्पस, फलारी बाबा बहुमुखी क्याम्पस र नेपाल आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । मोरङको लेटाङ बहुमुखी क्याम्पस, नर्सिङ क्याम्पस, रमाइलो क्याम्पस कानेपोखरी र स्नातकोत्तर क्याम्पस विराटनगरमा पनि अनेरास्ववियुले जितेको छ ।

यस्तै पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान, कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कपिलवस्तु बहुमुखी क्याम्पस, तनहुँको जनज्योति क्याम्पस, गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसङ्घ विजयी भएको छ । 

रुपन्देहीका ६ वटामध्ये पाँच क्याम्पसको नतिजा सार्वजनिक भएको छ । पाँच वटामध्ये तीन वटामा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी भएका छन् । 

सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ । पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा पनि जनमत विद्यार्थी सङ्घको पूरै प्यानल विजयी भएको छ ।

दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया