इराक र इरानबीच सुरक्षा सम्झौता

 चैत ६, २०७९ सोमबार १५:६:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इराक र इरानबीचमा सुरक्षा सहयोगसम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सम्झौता भएको हो ।

इरानको उच्च सुरक्षा निकाय सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अलि सामखानी र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार क्वासिम अल अराजीका बीचमा सुरक्षा सम्झौता भएको हो ।

इरानका उच्च सुरक्षा परिषद्का सचिव सामखानी इराकको भ्रमणमा रहनुभएको र यसैक्रममा आइतवार इराकको राजधानी बग्दादमा सुरक्षा सम्झौता भएको पनि इर्ना समाचार समितिले जानकारी दिएको छ ।

त्यस सम्झौतासम्बन्धी समारोहमा इराकका प्रधानमन्त्री मोहम्मद सियाज अद सुदानीको पनि उपस्थिति रहेको थियो । याे सम्झौताअनुसार यी दुवै देशले सुरक्षाका विषयमा आपसी सहयोग र समन्वय गरी अघि बढ्ने उल्लेख गरिएको छ ।

यी दुवै देशमा आतङ्कवादी समूह तथा सङ्गठनले आक्रमण गर्ने र हत्या हिंसा गर्ने गरेकाले यस्ता समूहबाट बचाउन र देशलाई सुरक्षा प्रदान गर्नका लागि आपसमा सहयोग र समन्वय पनि गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न तथा आतङ्कवादी समूहले गर्ने गरेका हिंसात्मक हमलाहरूबाट नागरिकको सुरक्षाका लागि पनि इराक र इरानले आपसमा सुरक्षा सहयोग र समन्वय प्रदान गर्ने बताइएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया