नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
युक्रेनको रक्षा मन्त्रालयले रुसी मिसाइल नष्ट भएको दाबी गरेको छ । रुसको नियन्त्रणमा रहेको क्राइमियाको उत्तरी क्षेत्रमा रहेको मिसाइल नष्ट भएको दाबी गरिएको छ । तर, युक्रेनले मिसाइल नष्ट कसरी भयो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन ।
सन् २०१४ मा क्राइमियालाई रुसले आफ्नो नियन्त्रणमा लिएको थियो । यसैबीच, भारत भ्रमणमा रहेका जापानका प्रधानमन्त्री फुमियो किशिदाले अचानक युक्रेन भ्रमण गर्ने हुनु भएको छ । उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्ने तयारी छ ।
समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष विश्वका सात सबैभन्दा उन्नत र विकसित अर्थतन्त्र भएका देशहरूको समूह जी–सेभेनको अध्यक्षता गरिरहेको छ । यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका पर्छन् ।
यी देशको बढ्दो दबाबका कारण किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको खबरमा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा रहेका बेला जापानी प्रधानमन्त्री किशिदा युक्रेन जान लाग्नु भएको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।