उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ ।
मङ्गलवार आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताउनुभएको हो । उहाँले चुनावका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरु गरिरहेको दाबी गर्नुभयाे । उहाँले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानुन बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानुन र प्रविधिको अभाव रहेको बताउनु भयो । उहाँले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले द्वेषपूर्ण अभिव्यक्ति चुनावको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘साइबर अपराधको नियमन र नियन्त्रण गर्नको लागि डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्नको लागि कानुन र प्रविधि पक्षको अभाव रहेको छ । अनुगमन संयन्त्र पनि पर्याप्त छैन । आयोगले नीति त बनायो तर सञ्चारको नीति अझै आउन सकेको छैन । द्वेषपूर्ण अभिव्यक्तिका कुराहरु चुनावको समयमा मात्रै होइन, अघिपछिका समयमा पनि हुन्छन्, यसलाई ख्याल गर्नुपर्छ ।'
निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।