गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन : विश्वप्रकाश शर्मा

 चैत १४, २०७९ मंगलबार १३:५१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेकाे आराेपका पक्राउ परेकालाई युवालाई थुनामा राख्न नमिल्ने बताउनुभएकाे छ । 

आज मङ्गलवार ट्वीट गर्दै महामन्त्री शर्माले लाेकतान्त्रिक गणतन्त्रमा विराेध गर्नेकाे मुख थुन्न या थुनामा राख्न नमिल्ने बताउनुभयाे । प्रहरीले युवाकाे मुख थुनिरहेकाे दृश्य दुःखद र आपत्तिजनक रहेकाे उहाँले ट्विटरमा लेख्नुभएकाे छ । महामन्त्री शर्माले थुनामा रहेका युवालाई तत्काल रिहा गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभएकाे छ । 

‘सम्माननीय प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो ! आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, शर्माले ट्विटरमा लेख्नुभएको छ । 

गएकाे चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वरमा गएका बेला तीन जना युवाले उहाँविरुद्ध नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि हिजाे साेमवार जेल चलान भएका थिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया