उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भएका सभ्यताहरुको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ ।
बुधवारदेखि शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रको सरकार नटिकिदिँदा पालिकाहरुलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताउनु भयो । उहाँले कामनपाले वागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताउनु भयो । उहाँले पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरैकुरा जोडिएको छ । वागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छे भन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पती जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला ।’
मेयर शाहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्ने बताउनु भयो । उहाँले न्याय भनेको केन्द्रमा मात्रै पालिका पालिकामा छ भन्नेकुरालाई वास्तविकतामा उतार्नपर्ने बताउनु भयो । उहाँले न्याय माग्न ११ दिन काठमाण्डौ महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘साँच्चिकै सरकार भनेको सिंहदरबारमा मात्रै नभएर पालिकापालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै होइन, पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनहरुमा वास्तवमा नै अभ्यास गर्न सकियोस् । न्याय माग्न ११ दिन काठमाण्डौ महानगरपालिकामा हिँडेर आउन नपरोस् । आफ्नै पालिकामा यस्ता न्यायहरु समाधान होस् । यसका लागि तपाईंहरु जिम्मेवार पनि हुनुहुन्छ । तपाईहरु प्रमुख भूमिकामा हुनुहुन्छ । सरकार छ भन्नेकुराको बोध गराउने भनेकै न्याय हो । पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राख्नुभयो भने साच्चिकै मेरै घर परिवारमा सरकार छ भन्ने अनुभूति हुन्छ ।’
मेयर शाहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभुति जनतालाई दिन सक्नुपर्ने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।