उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय सरकारसँग प्रदेश र पालिका सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार काठमाण्डाै महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री माेदीले तीन तहका सरकारसँग समन्वयकारी भूमिका खेल्न दोहोरो समन्वय हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश र पालिकाकाे कामलाई प्रभावकारी बनाउन केन्द्र सरकारसँग दोहोरो समन्वय बनाउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री माेदीले देशमा ५३ हजार जना कर्मचारीको दरबन्दी भए पनि दुई हजार जना कर्मचारीमात्रै पालिकाकाे रोजाइमा पर्ने गरेको बताउनुभयो । उहाँले सात सय ५३ वटा पालिकामा दुई हजार जना कर्मचारी रोजाइमा रहेकाले ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भन्दै पालिकासँग जवाफ माग्नुभयो । उहाँले रोजाइको अधिकृत पठाउन माग गर्दै मन्त्रालयमा मेयरहरूकाे नै दैनिक भिड लाग्ने गरेको गुनासाे गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘मन्त्रालयमा नगरपालिका र गाउँपालिकाका मेयरहरू आउनुहुन्छ । पालिकामा कार्यकारी प्रमुख पठाइदिन आग्रह गर्नुहुन्छ । मैले पठाइदिन्छु । पठाएको भोलिपल्ट एउटा समूह आएर त्याे हुँदैन भन्छ । त्यसलाई तुरुन्त हटाइदेउ भन्छ । फेरि अर्को समूह आएर त्यसलाई राख्नैपर्छ भन्छन् । देशमा ५३ हजार जना कर्मचारीकाे दरबन्दी छ, दुई हजार जना कर्मचारीमात्रै मन परेको खोज्ने हो भने बाँकी ५१ हजार कर्मचारी कहाँ जान्छन् ? ५१ हजार जना कर्मचारीलाई लगेर गाउँमा हलो जोताउन भएन । कुनै न कुनै ठाउँमा पठाउनु नै पर्छ । पालिका, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्छ ।’
मन्त्री मोदीले वर्तमान सरकारको पालामा नै सङ्घीय निजामती सेवा ऐन आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि रोकिएको सङ्घीय निजामती सेवा ऐन आफू मन्त्री भएर आएको दुई महिनामा नै प्रक्रिया अगाडि बढाएको दाबी गर्नुभयाे । उहाँले ऐन प्रक्रिया अगाडि बढेर अहिले कानुन र अर्थ मन्त्रालयमा स्वीकृतका लागि पठाएको बताउनुभयो । अब बस्ने प्रतिनिधि सभामा पेस गर्ने गरी ऐनको प्रक्रिया अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले केन्द्र, प्रदेश र पालिका तीनै तहको सरकार सङ्घीय संरचनाअनुसार काम गर्न सक्षम नदेखिएको बताउनुभयो । उहाँले सङ्घीयताअनुसार काम गर्न नसक्दा नागरिकले खोजेको जस्तो काम गर्न नसकिरहेको स्वीकार गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।