उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नवनियुक्त उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको छ ।
शुक्रवार गृह मन्त्रीको रूपमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृह मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको हो । उहाँले आफूले गरेको निर्णय पारित गर्नका लागि मन्त्रिपरिषदमा लाने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो, अहिलेलाई त्यो खारेज गरिएको छ । याे निर्णयलाई मन्त्रिपरिषदमा निर्णयका लागि प्रस्तुत गर्ने प्रस्तावमा सही गरेकाे छु ।’
त्यसैगरी उहाँले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गर्नुभएको छ । याे फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले मातहतका कर्मचारीहरूलाई समयको पालना गर्न निर्देशन दिनुभयो । समय पालनाको अवज्ञालाई छुट नदिने उहाँले बताउनुभयो । आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उहाँकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।