नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गर्नुभएको छ ।
एमालेको पक्षमा छैनौँ भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाएको ओलीको जिकिर थियो । उहाँले सत्तारूढ दलहरू दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने पनि दोहोर्याउनुभयो ।
आइतवार काठमाण्डाैमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा सङ्गठनले नेतृत्व गर्नुपर्ने तर्क गर्नुभयो । दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘एउटा नीतिमा देश चल्नुपर्छ, एउटा विचारमा देश चल्नुपर्छ । एउटा सङ्गठनले नेतृत्व गर्नुपर्छ । अहिले त दशतिर फर्केका छन्, उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ । त्यस्ताले कहाँ पुर्याउँछन् देश ? देशको रथ कता जाने ? दश जनताले दशतिर तानेको छ । १० वटा पार्टीले दशतिर तानेको छ । के भन्छ ? बुझेको, सुझेको केही छैन । भवितव्यमा दुई वटा सिट आयो, एमालेका विरुद्ध बोले, मन्त्री भए । एमालेको पक्षमा म छैन, एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ ।’
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरूले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको आराेप पनि लगाउनुभयाे । उहाँले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेकोले देशव्यापीरूपमा 'ग्रासरुट' अभियान चलाएको जिकिर गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।