नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
सोमवार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । सभापति लामिछाने गएकाे मङ्सिर ४ गते भएको संसदीय चुनावमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी बन्नुभएको थियो । सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताउनुभयो । उहाँले आफूले यस पटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताउनुभयो ।
तपाईँको कारणले दोस्रो पटक चुनाव गराउँदा राज्यलाई आर्थिक भार पर्याे भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको बताउनुभयो ।
गएकाे मङ्सिरमा भएको चुनावमा लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार एक सय ६२ मतान्तरले पराजित गर्नुभएको थियो । लामिछानेले ४९ हजार दुई सय ६१, श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।