नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेजीको माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता युवराज पौडेलले सर्वोच्चमा दिएको निवेदन दर्ता भएको छ । आज दर्ता भएको रिटको पेसी भोलिका लागि तोकिएको सर्वोच्च अदालतमा प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
रवि लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको र नागरिकताकै आधारमा लिएको राहदानी दुरुपयोग गरेको भन्दै उहाँमाथि कारबाहीको माग भएको थियो । तर महान्यायाधिवक्ताको कार्यालयले गएको चैत ६ गते मुद्दा नचलाउने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध आज दर्ता भएको रिटमा अमेरिकी नागरिक भएपछि नेपाली नागरिक भएको झुटो विवरण दिएर नेपाली राहदानी प्राप्त गर्ने कार्य राहदानीको दुरुपयोगयुक्त कसुरजन्य र दण्डनीय कार्य भएकाले पक्राउ गरेर कारबाहीको माग गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Paban koirala
April 3, 2023, 9:38 p.m.Yo ali besi nai bhayako jasto lagyo testo ho bhane kayau nepali bides ma piyar liyar basiraka chhan ke aba nepal ma uniharu laai basna manahi garinchhaki garidain !! Nepal ko suprim kot le निणय dinu paro chhado hoin bhane rabi dai chitawan 2 ma umedbaar liesakeko abstha chha yo bela rabi dai chitawan 2 bata chunab jitera gayapachi rabi ko khutta tanne haru baru dhogna aauchhan har chai namaanu hai yi khosnu parchha jaya ghanti