नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले अडियोलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउन लागिएको आरोप लगाउनु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावको प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । यही बेला चुनावलाई प्रभावित पार्ने खोजिएको उहाँले दाबी गर्नु भएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको दाबी गर्नु भएको छ । उहाँले लेख्नु भएको छ : ‘पैसाको लेनदेन हुनु त परेको कुरा लेनदेनको कुरा मात्रै पनि हामी सहदैनौँ । कडा भन्दा कडा कारबाही गर्छौँ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो सार्वजनिक भएको थियो ।
अडियोमा श्रेष्ठले गएको पुसमा आफूलाई स्वास्थ्य मन्त्री बन्ने अफर आएको र त्यसको लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ माग्नु भएको थियो ।
यो अडियो सार्वजनिक भएपछि उहाँलाई पार्टीले तत्कालको लागि निलम्बन गरेको छ । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन श्रेष्ठलाई निर्देशन दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
J. S. Karki
April 10, 2023, 1:12 p.m.यो देश पुरै माफिया काे हात मा रहेछ, देश मा केहि गर्छु भन्ने लाई गर्न दिँदैनन् तर पनि सूर्य लाई हत्केलाले छेक्न सक्दैन, बुझी राखौं।