आफ्ना सांसदको घुस प्रकरणले संसद्को गरिमामा चोट पुगेको भन्दै रास्वपाले माफी माग्यो

 चैत २७, २०७९ सोमबार १४:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषयमा संसदमा माफी मागेको छ ।

आफ्नो पार्टीका सांसद श्रेष्ठको अडियो प्रकरणले संसद्कै गरिमामा र प्रतिष्ठामा आँच पुगेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज साेमवारको संसद् बैठकमा माफी माग्नुभएको हो । प्रमुख सचेतक परियारले यो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको र छानबिन भइरहेको पनि बताउनुभयो ।

‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत तपाईंहरूको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौँ’, उहाँले भन्नुभयाे, ‘संसद्को गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौँ । यो घटनाले विचलित हुने छैनौँ । राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

आफूलाई मन्त्री बन्ने अफर आएको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो आइतवार बाहिरिएको थियो । घटनापछि रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसदबाट निलम्बन गरेर अनुसन्धान थालेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया