देशभर बनिरहेका हाेटल, भवन र अपार्टमेन्टहरूकाे वैधानिकता खाेजी गरियाेस् : ताेसिमा कार्की

 चैत २९, २०७९ बुधबार १४:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनिरहेका होटल, भवन र अपार्टमेन्टहरूको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ । 

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरूको वैधानिकता खोजी गर्नुपर्ने बताउनुभएको हो । उहाँले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरूको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘ललितपुरको बखुन्डोल हाइटमा १८ रोपनी जग्गामा विना नक्सा पास, विना ईआईए, विना स्थानीयको स्वीकृति १६ तले समिट अपार्टमेन्ट बनाइरहँदा वरपरको घरहरूमा क्षति पुगेकाे छ । वरपरका घरहरू भासिने, चर्कने क्रम जारी छ । स्थानीयले पटक–पटक उजुरी दिए पनि काम नरोकिएको गुनासो गरेका छन् । सभामुख महोदय, म आग्रह गर्न चाहन्छु– यसरी देशभर बनाइरहेका होटल, भवन, अपार्टमेन्टहरूको वैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाई यसको छानबिन प्रक्रिया अघि बढाइयोस् । दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैदेखि सुरु गरियोस् ।’

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनकाे कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दबाब दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया