नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको ज्यान जानुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रवार पुष्टि गरेको छ । मालिन्दी शहरकाे एक निजी फार्ममा दर्जनौँ मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ ।
रिपोर्टअनुसार यो ‘येशुलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए । उनीहरूलाई यस किसिमको प्रचार गरी येशुलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेशनल चर्चका पास्टर थिए । उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीवार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो । उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो तर यस क्रममा चार जनाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात ठाउँमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए ।
अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक बेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासका लागि आह्वान गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ओम प्रकाश न्यौपाने
April 14, 2023, 9:15 p.m.सनातन हिन्दु र बौद्ध धर्ममा मुक्तिको बाटो खोजौ।
सुजन बाबू
April 22, 2023, 6:14 a.m.हैट ! नेपालमा पनि धर्म निरपेक्ष्यता लादेर धर्मान्तरण ले युरोपमा १८ औं सताव्दिमा आयको राजनैतिक बिकृती सन्स्थागत गरिदैछ, अदुरदर्शी दल र नेता मतियार बनायियका छन, हैट कथित लोकतन्त्रे !