उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १ सय ८६ रनकाे लक्ष्य दिएकाे छ ।
मुम्बईमा टस हारेर ब्याटिङ गरेकाे काेलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायाे । काेलकाताका लागि वेंकटेश अय्यरले ५१ बलमा १ सय ४ बनाए । यस्तै आन्द्रे रसेलले नटआउट २१ रन बनाए । बलिङतर्फ मुम्बईका ऋतिक शाेकिनले २ विकेट लिए ।
आजकाे खेलमा शतक बनाएका अय्यर आईपीएलमा कोलकाताबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि कोलकाताबाट सन् २००८ मा ब्रेन्डम म्याकुलमले बेङ्गलाेरसँगकाे खेलमा १ सय ५८ रन बनाएका थिए । काेलकाताका लागि १५ वर्षपछि दाेहाेराे शतक आएकाे हाे ।
अय्यर याे सिजनमा शतक बनाउने दाेस्राे खेलाडी पनि बनेका छन् । यसअघि सनराइजर्स हैदराबादका ह्यारी ब्रुक्सले काेलकातासँगकाे खेलमा शतक प्रहार गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।