उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेट भोलि मङ्गलवारदेखि नेपालमा सुरु हुँदैछ । नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
पहिलो खेलमा नेपालले भोलि मलेसियासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । मलेसियासँगका पछिल्ला पाँच वटा खेलमा नेपाल सबैमा विजयी भएको छ । भोलिको अर्को खेलमा हङकङ र सिङ्गापुरले मुलपानी मैदानमा खेल्नेछन् ।
आज भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने उच्च सम्भावना रहेको दाबी गरेका छन् । विश्व कप क्रिकेट लिग–२ मा पाएको सफलता र पछिल्लो १५ दिनको अभ्यास हेर्दा नेपालले एसिया कप खेल्ने सम्भावना आफूले देखेको रोहितको भनाइ छ । नेपालको ओपनिङदेखि अन्तिमसम्मको ब्याटिङ तथा बलिङमा पनि निकै सुधार आएको उनको दाबी छ ।
प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया तथा समूह 'बी' मा यूएई, हङकङ, कुबेत, सिङ्गापुर र बहराइन छन् । प्रिमियर कपको उपाधि जित्ने टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।