नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – चालु आर्थिक वर्षको नौ महिनामा लाभांशबापत झन्डै १४ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे नौ महिनाको तथ्याङ्कअनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ रुपैयाँ लाभाशंबापत बाहिरिएको हो ।
विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ ।
विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने छ ।
चैत महिनामा सवा तीन अर्ब लाभांश फिर्ता
विभागले चैत महिनामा मात्रै तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ रुपैयाँ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै बीस करोड ६० लाख नौ हजार पाँच सय २६, ७३ हजार तीन सय १३ अमेरिकी डलर, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको हो ।
यस्तै चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ ।
विभागको तथ्याङ्कअनुसार अहिलेसम्म चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार सात सय चार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागअन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गएकाे वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभांश रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।