उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडलाई ६–१ गोलले हराएको छ । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान दुई तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक गोल गरे ।
घरेलु टोली लिड्सका लुइस सिनिसटेराले एक गोल फर्काए । प्रिमियर लिगमा लिभरपुलले ५ खेलपछि जित निकालेको हो । गएको मार्च ५ तारिखमा म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले पराजित गरेपछि लिभरपुलले जित निकाल्न सकेको थिएन । त्यसपछि लिभरपुल बर्नमाउथ, रियल मड्रिड र म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।
चेल्सी र आर्सनलसँग बराबरी खेलेको थियो । लिड्ससँगको खेलमा जितसँगै लिभरपुल ३० खेलमा ४७ अङ्क जोडेर आठौँ स्थानमा यथावत छ । पराजित लिड्स ३१ खेलबाट २९ अङ्क जोडेर १६औँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।