बिना निष्कर्ष टुङ्गियाे संवैधानिक परिषद्को बैठक : प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेन

 वैशाख ६, २०८० बुधबार १०:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताउनु भयो । उहाँले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताउनु भयो । 

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहन्थ्यो ।

वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।

महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि १४ महिनादेखि सर्वोच्च न्यायालय कामुको भरमाचोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया