निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्न सांसदकाे माग

 वैशाख ६, २०८० बुधबार १४:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रकाे विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद माझीले यस्ताे माग गर्नुभएको हो । उहाँले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिए पनि त्याेअनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै सांसद माझीले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिएको छ । तर शिक्षा सहज र सम्मानजनक ढङ्गले बालबालिकाहरूले पाइरहेका छैनन् । महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाइरहेको मात्रै छैन, कयौँ मानिस गरिबीको खाडलमा जाकिँदै गइरहेका छन् । तसर्थ निजी विद्यालयले प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस् । वर्षैपिच्छे नयाँ–नयाँ किताब फेर्ने कामको अन्त्य गरी कम्तीमा तीन वर्षमा किताब फेर्न पाउने व्यवस्था गरियोस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद माझीले शिक्षामा सबैको सहज पहुँच हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • खेमराज दाहाल

    April 19, 2023, 7:33 p.m.

    निजि बिद्यालय नै खारेज गर्दा झन राम्रो हुन्छ।।सरकारी बिधालय मा सबैको पहुँच पनि पुग्छ! शिक्षा को इस्तर बिकास गरि निजि बिधालय बन्द गरौ💕👋🇳🇵🇳🇵

  •  0 Reply
  • Duj Bahadur

    April 19, 2023, 2:57 p.m.

    माननीय samsad ju hjr le ati ramro निर्णय linu vo ma solut garxu ra parita hunu porxa vonna chahanxu

  •  0 Reply

तपाईको प्रतिक्रिया